Thaha

Friday 03 May - 1:36 am NST

आज र भोली ठुलो पानी पर्न सक्छ — मौसम विभाग


काठमाण्डौँ, १ भदौ । पूर्वी नेपाल र पश्चिमका केही जिल्लामा आज भारी बर्षा हुने भएको छ ।

नेपालमा मनसुन सक्रिय बनाउने न्युन चापीय रेखा सामान्य स्थान भन्दा उत्तरतर्फ सरेकोपछि मनसुन सक्रिय भएको हो । आज र भोली पूर्वी नेपालदेखी पश्चिमका केही ठाउँमा ठुलो पानी पर्ने जल तथा मौषम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा भने मध्यम स्तरको वर्षा हुने महाशाखाका मौसमवीद् सुवास रिमालले बताउनुभयो । काठमाडौं उपत्यका सहित मध्य नेपालमा बिहान आकाश केहि खुलेको भएपनि दिउँसो पछि बादल लागेर मध्यमस्तरको वर्षा हुने रिमालले जानकारी दिनुभयो ।

लगातारको बर्षाले पूर्वका कोशी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढेको छ । तराईका जिल्लामा बाढी र पहाडका जिल्लामा पहिरोको संभावना रहेकाले  सचेत हुन आग्रह गरिएको मौषमबिद् रिमालले बताउनुभयो ।