Thaha

Friday 03 May - 8:29 am NST

दैलेखमा पहिरोले एकै परिवारका ३ जनाको ज्यान लियो


दैलेख ३१ साउन । दैलेख नारायण नगरपालिका ३ मा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बादी समुदायको बसोवास रहेको नमूना वस्तीमा राती घर माथिबाट खरेको पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा २० वर्षिया रुचा वादी, उहाँका साढे २ वर्षकी छोरी सपना र दुई महिनाका छोरा गणेशको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । र टेक बहादुर बादी घाइते भएका छन् ।