Thaha

Friday 03 May - 7:53 am NST

पहिरोले २ घर पुरिए, पोखरा–बेनी सडक अबरुद्ध

काठमाडौं, ३० साउन । पर्वतको कुश्मामा पहिरो जाँदा दुई घर पुरिएको छ  । कुश्मा नगरपालिका १ मालढुंगामा गएको पहिरोले सुकुम्बासी बस्तीका हरी माझी र बलबहादुर माझीको घर पुरिएको हो ।

पहिरोले मानवीय क्षति भने भएको छैन । अन्य २२ घर जोखिममा रहेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिने पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । पहिरोका कारण पोखरा–बेनी सडक पनि अबरुद्ध भएको छ ।

चार बजेदेखि खसिरहेको पहिरो अझै नरोकिएको रेडियो सालिग्राम पर्वतले जनाएको छ । म्याग्दी जानका लागि कालीगण्डकीको तिर हुँदै बैकल्पिक बाटो निर्माण गर्न सुरु गरिए पनि पूरा हुन सकेको छैन ।