Thaha

Friday 03 May - 7:14 am NST

भुकम्प प्रभावित १४ जिल्लामा दादुरा र रुबेला विरुद्ध खोप


काठमाण्डौँ ३० साउन । सरकारले भुकम्पपछि अति प्रभावित १४ जिल्लामा आजदेखी दादुरा र रुबेला विरुद्धको खोप अभियान सँचालन गरेको छ । बैशाख १२ गते आएको विनासकारी भुकम्पपछि रोकिएको अभियान पहिलो चरणमा आजदेखी सुरु गरिएको ईपिडीमियोलोजि तथा रोग नियन्त्रण महासाखाका प्रमुख डा. बाबुराम मरासीनिले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोली नजिकका बुथहरुमा आउने बालबालीकालाई खोप लगाउन छुटेका बालबालीकाहरुलाई पर्सी सोमबार र मंंगलबार घरमै पुगेर खोप लगाईनेछ । पहिलो चरणको अभियान सम्पन्न भएको एक महिनापछि अर्थात भदौ महिनामा दोस्रो चरणको अभियान सुरु हुने मरासीनिले   बताउनुभयो । नेपालमा पहिले प्रकोपको रुपमा देखिएको दादुरा खोप अभियान सञ्चालनसँगै घट्दै गएको ईपिडीमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अन्य रोगको तुलनामा सामान्यजस्तो देखिएपनि बालबालीकाको मृत्युका कारणमध्ये दादुरा र रुबेला पनि प्रमुख मानिन्छ । दादुरा ठुलो उमेरका मानिसलाई समेत लाग्ने गर्दछ । दादुराले निमोनिया, झाडापखाला, जलविजयोजन, कुपोषण गराएर विरामीको मृत्यु समेत गराउँछ । दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्ठाका औँला, नाडी र घुँडाका जोर्नी दुख्ने, ज्वरो आउने र रक्तश्राव हुने र गर्भवति महिलामा पनि यो रोग देखिने चिकित्सकहरुको भनाई छ । दादुरा र रुबेलाका उपचार खोप नै भएकाले आफ्ना बालबालीकालाई नछुटाईकन यो खोप दिन चिकित्सकहरुले सुझाएका छन् ।