Thaha

Thursday 02 May - 10:07 pm NST

पानी नहुँदा चर्पी प्रयोग बिहिन

ताप्लेजुङ २९ साउन । खुल्ला दिसामुक्त घोषणा भएका ताप्लेजुङका धेरैजसो गाविसमा पानीकै अभावमा चर्पी प्रयोगविहीन भएका छन् । सन् २०१५ भित्रै यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानअनुसार हालसम्ममा २८ वटा गाविस खुला दिसामुक्त घोषणा भएकामध्ये धेरैजसो गाविसमा पानीको अभावका कारण चर्पी पूर्ण रुपमा प्रयोग हुन नसकेको स्थानीयवासीले बताएका छन् । 

जिल्लाको मामांखे, सुरुम्खिम, हाम्पाङ, फुलवारी, इखावु, फाकुम्वा, सावादेन, तेल्लोक, आंखोपलगायत गाविसका केही बस्तीमा पानीकै अभाव हुने गरेकाले चर्पी प्रयोगमा समस्या आएको हो ।पानीको अभाव भएकामध्ये केही गाविसमा खानेपानीका योजना निर्माण कार्य भइरहेको र कतिपय बस्तीमा पानीकै अभावमा चर्पी पूर्ण रुपमा प्रयोग हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख पेम्वा सेर्पा स्वीकार गर्नुभयो । 

एक नगरपालिकासहित ४८ गाविस रहेको यस जिल्लामा अधिकांश गाविसका स्थानीय खानेपानीकै अभाव झेल्न बाध्य छन् ।