Thaha

Friday 03 May - 6:05 am NST

महोत्तरीमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, २५ साउन । महोत्तरीको बर्दिवासमा यात्रुवस दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ । बेलुका ७ बजे भएको दूर्घटनामा परी ६ जनाको घटनास्थलमै र २ जनाको बर्दिबासको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनामा ३० भन्दा वढी घाईते भएका छन् ।

एक जना महिलालाई बसले च्यापिरहेकाले उद्धार गर्न क्रेन मगाईएको प्रहरीले जनाएको छ । सिन्धुलीको लङगर खोलामा रहेको महादेव मन्दिरमा दर्शन गरेर फर्कदै गरेको तिर्थयात्रु चढेको ज १ ख ५२९ नम्वरको बस महोत्तरीको बर्दिवास ५ घोप्टेपुलमा दुर्घटनामा परेको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको बर्दियाको स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । बस सडकबाट झण्डै ३० फिट तल खसेको प्रहरीले बताएको छ ।