Thaha

Friday 03 May - 4:20 am NST

प्युठान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, २२ घाइते

काठमाडौं, २५ साउन । प्यूठानको खलंगामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।  २२ जना घाईते भएका छन् ।

खलंगाबाट सौतामारेको बांगेफेदीका लागि छुटेको ना ३ ख ८३८३ नम्बरको बस प्यूठान नगरपालिका ३ खलंगा नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र ५ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृतक मध्ये तोरबाङ ४ का नरेन्द्र जिसीको मात्रै शनाखत भएको छ ।

घाईतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।