Thaha

Thursday 02 May - 9:23 pm NST

सडकसभा गरेर मनाए आदिवासीले विश्व आदिवासी दिवस


काठमण्डौं, साउन २५ । सन्चु ब्लोन । 


२१ औं विश्व आदिबासी दिवस नेपालका आदिवासीहरले आन्दोलनका रुपमा मनाएका छन् । अवसरमा ‘पहिचान सहितको संघीयता आदीवासीको अडान, समानुपातीक समेबेसी धर्मनिरपेक्षता सहितको संबिधान’ भन्ने साथ आइतबार काठमण्डौंमा विशाल र्याली तथा सडक सभा गरेका छन् । 
नेपाल आदीवासी जनजाती महासंघले दिवसको अवसरमा भृकुटी मण्डपबाट निकालेको ¥याली बानेश्वर पुगेर सडकसभामा परिणत भएको थियो । सडकसभालाई सम्बोधन गर्दै राजनैतिक दलमा आवद्ध जनजाति नेता, जनजाति अगुवा तथा सभासदहरुले ंदलहरुबिच शनिबारराति भएको सिमांकनसहितको ६ प्रदेशको खाकाको तिब्र विरोध गरेका छन् । उनिहरुले चार दलका प्रमुख नेताहरुले आदिवासी जनजातिको बाहुल्याता रहेको ठाउँहरु छिन्नभिन्न हुने गरि ६ प्रदेशमा सहमति गरेको आरोप लगाउँदै सहमतिसंगसंगै युद्धको बिउ रोपिएको बताए । 


कार्यक्रम एमाओवादी सचिव वर्षमान पुनले कुनै सिदान्त बिना चार दलका ४ नेताले ६ प्रदेश सिमांकन गरेको बताउनु भयो । बैशाख २३ गतेको रात आदिवासी जनजातिका लागि कालो रात भएको भन्दै बिगतमा भएका योगदान बलिदान, सम्झौता र अन्तिरिम संविधानलाई कुल्चेर नेताहरुले बन्दकोठमा गरेको सहमतिले उत्पिडित आदिवासी जनजाति, दलित, महिलाको अधिकार नदिने टिप्पणी गर्नुभयो । 


सभासद जमिन्द्रमान घलेले ६ प्रदेश स्विकार्य नहुने बताउनु भयो । अर्का सभासद श्यामकुमार श्रेष्ठले आदिवासी जनजातिका अधिकार कटौंती गरिएको संविधानमा आफुले हस्ताक्षर नगर्ने बरु सभासदको कोट फालेर सडकमा आन्दोलनमा आउन तयार हुने बताउनुभयो । जनजाति महासंघका संस्थापक नेता तथा संघयि गणतान्त्रि जनमुक्ति पार्टिकमा वरिष्ठ सहअध्यक्ष परशुराम तामाङले विश्व आदिवसाी दिवस हर्सोउल्लासका साथ मनाउन पर्नेमा नेपालका आदिवासीहरुले सडकमा मनाउनुपर्ने अवस्थाले अत्यन्तै दुख लागेको भन्दै ६ प्रदेशको सिमांकान कुनै पनि हालतमा स्विकार नगर्ने बताउनु भयो । 


कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले शासक वर्ग र जातिले आदिवसाी जनजातिलाई २१ औं शताब्दिमा फेरी पनि दास बनाउन खोजेकाले अब शसक्त आन्दोलन उठ्ने बताउनु भयो । उहााँले सोमबार नै सबै जातिय संयुक्त संर्घष समितीको बैठक बसि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो । 
आदिवासी जनजातिले मध्यबानेश्वारमा सडकसभाका गरेपछि केहि घण्टा यातायात ठप्प भएको थियो ।