Thaha

Friday 03 May - 2:33 am NST

गाँजासहित दुईजनालाई पक्राउ

काठमाडौं, २३ साउन । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मिठुअवा २ का २८ बर्षीय नरेश साह र सर्लाही लक्ष्मीपुर सुकचैना ९ का २९ बर्षीय महेशकुमार राउत रहेका छन् ।

साहको साथबाट २ किलो र राउतको साथबाट डेढ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको बस हेटौंडा–१७ रातोमाटेमा चेक गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।