Thaha

Thursday 02 May - 9:10 pm NST

७ जना आदिवासी पत्रकार पुरस्कृत

साउन २३, काठमण्डौं, सन्चु ब्लोन ।


आदिवासी जनजाति राष्ट्रिय पुरस्कारबाट आज ७ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले टेलिभजन, छापा र रेडियोमा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो । 
काठमडौंमा आयोजित कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पत्रकारहरुलाई जनही २० हजार नगद र प्रमाणपत्रले सम्मान गर्नु भयो । पुरस्कृत हुनेमा टेलिभिजनतर्फ सगरमाथा टेलिभिजनकी रोजिना लामा, एबिसी टेलिभिजनका लाला गुरुङ र लोकबहादुर गुरुङ, छापातर्फ सन्ध्या टाइम्स दैनिकका सुरेशकिरण मानन्धर र हिमाल खबर पत्रिकाकी देविका घर्ती मगर, रेडियो तर्फ ईलाम एफ.एमका सन्तोष नेम्वाङ र रेडियो जागरण रुपन्देहीकी कमला चौधरी छन् । 


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले नयाँ संविधानको मस्यौदामा अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेको बताउनु भयो । उहाँले पुर्ण प्रेस स्वतन्त्रतासहितको पत्रकारहरुको अधिकारको ग्यारेन्टि भएको संविधान नआए राम्रो नहुने बताउनु भयो । अध्यक्ष विष्टले समावेसी सन्चार सम्बन्धि उच्चस्तरिय अयोगको प्रतिवेदन तत्काल सार्वजानिक हुनुपर्नेमा पनि जोड दिनुभयो । 
त्यस्तै फोनिजका अध्यक्ष डण्ड गुरुङले नयाँ संविधानमा पुर्ण प्रेस स्वातन्त्रता हुनुपर्ने भन्दै सबै सन्चारमाध्यमहरु समावेसी हुनुपर्ने पनि बताउनु भयो ।