Thaha

Friday 03 May - 12:48 am NST

अब ७० हजारमा इजरायल

काठमाण्डौ २२ साउन । नेपाली महिला कामदारलाई बैदेशीक रोजगारीमा इजरायल जाने बाटो आजदेखि औपचारीक रुपमा खुल्दै छ । कामदार पठाउने संझौतामा आज औपचारीक रुपमा हस्ताक्षर हुँदैछ । 


दिउँसो श्रम तथा रोजगार मन्त्रालयमा हस्ताक्षर हुने मन्त्रालयका सह प्रबक्ता जिवन कुमार राईले जानकारी दिनुभयो । संझौतामा नेपालका तर्फबाट बैदेशीक रोजगार बिभागका महानिर्देशक भरत राज सुबेदी र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदुत यारोन मेयरले हस्ताक्षर गर्ने राइले बताउनुभयो । बैदेशीक राजगारीका लागि खुल्ला गर्नुका साथै अन्य केहि संझौतामा पनि हस्ताक्षर हुने सम्भाबना रहेको मन्त्रालयले जनाएको छ । 

विगत पाँच वर्षदेखि नेपाली कामदार लिन अस्वीकार गरेको इजरायल नेपाली कामदार लिन सहमत भएपछि संझौता हुन लागको हो । नेपालको लागि इजरायल बैदेशीक रोजगारीमा आकर्षक मुलुक मानिन्छ । मन्त्रालयका अनुसार अब ६० देखि ७० हजार रुपैया खर्च गरे इजरायल पुग्न सकिन्छ । यसअघि म्यानपावर कम्पनीहरुले १० लाख रुपैया सम्म असुल्ने गरेका थिए । 

हाल सरकारले खाँडीका ६ मुलुक सहित मलेसियामा निशुल्क भिषा र टिकेटको निर्णय लागु गरे पनि इजरायलमा यो नियम लागु भएको छैन । हाल त्यहा करिब ३ हजार  नेपाली महिला गैरकानुनी रुपमा काम गर्दै आएको मन्त्रालयले जनाएको छ । नेपाली महिलाले इजरायलमा केयर गिभरका रुपमा काम गर्ने गर्दछन् ।