Thaha

Friday 03 May - 6:54 am NST

दुषित पानीले काठमाण्डौमा हैजा

काठमाण्डौ २१ साउन,  काठमाण्डौमा दुषित पानीको प्रयोगका कारण झाडापखला तथा हैजाका बिरामी बढेका छन् । अहिले काठमाण्डौका बिभिन्न अस्पतालमा झाडापखला, हैजा, र ज्वरोका बिरामी बढि भेटिएका छन् । जसको कारण पानी नै रहेको पाइएको काठमाण्डौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र टेकुका डाक्टर शेरबहादुर पुनले थाहासन्चार नेटर्वकलाई बताउनुभयो ।

 

बिरामीसँगको अन्र्तक्रियाको क्रममा सबै जसोले पानी उमालेर नखाने गरेको उपाइएको उहाले बताउनुभयो । केहिले मात्रै पानी फिल्टर गरेर पिउने गरेको पाइएको उहाले बताउनुभयो । वर्षाको समयमा पानी दुषित हुने भएको उमालेर मात्रै पिउन डाक्टर पुनले आग्रह गर्नुभयो । अस्पतालमा दैनिक २५ जना झाडापखलाका बिरामी आउने गरेका छन् । समयमा नै नियन्त्रण नभए यसले प्रकोपको रुप लिन सक्ने भन्दै सचेत रहन डाक्टर पुनले आग्रह गर्नुभयो । पानी उमालेर पिउने र खानपान र सरसफाइमा बिशेष ध्यान दिन उहाले आग्रह गर्नुभयो । 


जिङ्क चक्कि समेत  कम 


झाडापखाला तथा हैजाको बिरामी बढिरहेको बेला नेपालमा बिरामी बालबालिकाले प्रयोग गर्ने जिन चक्की समेत पर्याप्त आपुर्ति हुन सकेको छैन । स्वास्थ्य मन्त्रालय अन्र्तगतको आपुर्ति व्यबस्थापन महाशाखाका निर्देशक भिम सिंह ठकुरीका अनुसार झाडापखला प्रकोपको रुपमा फैलिए जिन चक्कीको अभाब शुने अवस्था छ । औषधि आपुर्ति गर्ने पहल भइरहे पनि भन्सार सम्बन्धि बिबादका कारण रोकिएको छ । 

ठकुरीका अनुसार जर्मनिले भुकम्प पिडितको सहयोगार्थ पठाएको जिन चक्कीका कारण अहिले अभाब चर्कन पाएको छैन ।