Thaha

Friday 03 May - 10:36 am NST

काठमाण्डौका अस्पतालहरुमा रुघाखोकी, झाडापखला र ज्वरोका बिरामी बढे


इश्वरी अधिकारी,


काठमाण्डौं ५ साउन । काठमाण्डौका अस्पतालहरुमा रुघाखोकी, झाडापखला र ज्वरोका बिरामी बढेका छन् । वर्षाको समयमा दुषित पानीको प्रयोग, धुवा तथा धुलोका कारण यस्ता रोग देखा परेका चिकित्सकले बताएका छन् ।

वर्षासँगै यस्ता रोगका बिरामीहरु अस्पताल आउने क्रम बढेकोले पानी नै यसको मुख्य कारण भएको निष्कर्ष निकालिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र टेकु अस्पतालका बरिष्ठ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो ।

महामारीकै रुपमा अस्पतालमा बिरामीको चाँप नबढेपनि वर्षा शुरु भएसँगै यस्ता रोगका बिरामी निरन्तर अस्पतामा आइरहेको डाक्टर पुनले बताउनुभयो । पानी सुद्धिकरणमा पर्याप्त ध्यान नदिँदा झाडापखला र टाइफाइटका बिरामी बढेको अस्तालले जनाएको छ ।

अहिले देखापरेको ज्वरो लामखट्टको टोकाइबाट फैलने ज्वरो नभएको पुष्टि भएकोले पानी उमालेर मात्रै प्रयोग गरे यसबाट बच्न सकिने डाक्टर पुनको सुझाव छ । अस्तालमा अहिले दैनिक १५–२० जना नया बिरामी पुग्ने गरेका छन् । ति मध्ये दैनिक ४–५ जना बिरामी अस्पतालमा भर्ना नै हुने गरेका छन् ।

यस्ता रोगबाट बच्न पानी उमालेर पिउने, रोगीको प्रत्यक्ष सम्पर्कमा नजाने, खानपानमा विशेष ध्यान दिने र धुवा धुलोमा कम हिड्ने र भिडभाडमा हिड्दा मास्कको प्रयोग गर्न चिकित्सकहरुले सुझाब दिएका छन् ।