Thaha

Friday 03 May - 10:02 am NST

अर्थमन्त्री महत चढेको गाडीमा पेट्रोल बम प्रहार


बिकाश भण्डारी,
नुवाकोट, ४ साउन ।


संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्बर २ पुगेका अर्थमन्त्री डा.रामशरण महतमाथि आक्रमण प्रयास भएको छ ।

नुवाकोटको ढिकुरेमा महत चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको महतका प्रेस संयोजक गजेन्द्र बिष्टले पुष्टि गर्नुभएको छ । नुवाकोटको खरानीटारमा आयोजित सुझाव संकलन कार्यक्रममा जाँदै गर्दा ढिकुरे पुगेपछि महतमाथि आक्रमण प्रयास भएको हो ।  आक्रमणकारीको पहिचान भएको छैन । मन्त्री महत कार्यक्रम स्थलमा पुगिसकेको र त्यहाँको स्थिति सामान्य रहेको महतका सहयोगी रमेश महतले बताउनुभयो ।