Thaha

Friday 03 May - 10:24 am NST

​खुकुरी प्रहार गरी श्रीमतीको हत्या


मोरङ, २ साउन ।
मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका सिसौंलीका केशव मगरले श्रीमती डोल्मालाई गएराती खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मोरङका इन्सपेक्टर श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएकी डोल्मालाई प्रहरीको टोलीले उपचारका लागि मङ्गलबारेमा रहेको स्वास्थ्य केन्द्रमा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । श्रीमती डोल्मालाई उपचारका लागि पठाएलगत्तै केशवले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तैगरी रौतहटको लक्षिमपुर दोस्तियामा जग्गाको विषयलाई लिएर दुई व्यक्तिविच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ ।

स्थानीय सुखल मन्सुरी र मोक्तार मन्सुरी कुटाकुट भएको रौतहट प्रहरीले जनाएको छ । मोक्तारले आफ्नो जग्गामा जोडेर शौचालय बनाएको भन्दै सुखललाई कुटेर घाईते बनाएका थिए । गम्भिर घाईते सुखलको उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।