Thaha

Friday 03 May - 8:10 pm NST

बिषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी


पाँचथर, साउन १। जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फाक्तेप –६ मा एउटै परिवारका ७ जना विरामी परेका छन । विहिवार साँझ खानामा च्याउ खाएका उनीहरुलाई उपचारार्थ इलाम जिल्ला अस्पताल लगेपनि त्यहाँ उपचार हुन नसकेपछि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ । 

विरामी हुनेमा फाक्तेप– ६ का ३६ वर्षीय हेमकुमार चेम्जोङ, उहाकी श्रीमती ३३ वर्षीय मंगलीमाया चेम्जोङ, १३ वर्षीय छोरा सनवीर चेम्जोङ, १२ वर्षीय माइला चेम्जोङ, ९ वर्षीय छोरी अञ्जनी चेम्जोङसँगै करिव ६ वर्षीय नाम नखुलेका अर्का छोरा र ४ वर्षीय छोरी छन् ।

उनीहरुले जंगलवाट ल्याएको च्याउ साँझको खानामा खाएपछि वान्ता हुनथालेको पाँचथर प्रहरीले जनाएको छ ।