Thaha

Thursday 02 May - 8:36 am NST

नवलपरासीमा बस दुर्घटना , आठ जनाको मृत्यु (भिडियो सहित)


नवलपरासी साउन १ । नवलपरासीको दुम्किबास–५ दाउन्नेमा शुक्रबार यात्रुवाहक बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ४ ख ५१४३ नम्बरको बस र विपरीत दिशाबाट आईरहेको युपी ३२ डिएन ८५४ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बसमा सवार ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागी अस्पताल लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक रमेशकुमार पन्थीले जानकारी दिनुभयो । उहाका अनुसार मृतकहरुको सनाखत भएको छैन । दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई दुम्किवास र बर्दघाटबाट गएको प्रहरीको टोलीले उद्धार गरी उपचारका लागी अस्पताल पुर्याएका  छन् ।


घाइते हुनेहरुमा दाङका २८ बर्षीया नरेश नेपाली, गोरखाका २७ बर्षीया विवेक अधिकारी, नवलपरासीको कावासोती ३ निवासी २४ बर्षीय सुस्मिता ढकाल, भरतपुर उपमहानगरपालिका २ निवासी ४५ बर्षीय एकबहादुर खड्का, रुपन्देहीका ३० बर्षीय गोपाल चौधरी र दाङका १९ बर्षीय सुबास सिंह रहेका छन् ।