Thaha

Thursday 02 May - 3:35 pm NST

धान रोपाईको मेलो अझै आधा भएको छैन


ईश्वरी अधिकारी
काठमाडौ, ३१ असार ।  


नेपालमा मुख्य धान रोपाई हुने असार महिनाको अन्त्यसम्म कुल भुभागकोे ४२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको छ । यो गत वर्षको भन्दा ४ प्रतिशतले बढि हो । गत वर्ष असार मशान्त सम्म ३८ प्रतिशत क्षेत्रफलमा रोपाई भएको थियो । 

यस वर्ष नेपालमा गत वर्ष भन्दा कम पानी परेको भएपनि रोपाई हुँने क्षेत्रफल भने बढेको छ । कृषि मन्त्रालयका प्रवक्ता उदय चन्द्र ठाकुरले रोपाई हुँने क्षेत्रफल बढे पनि आकासे पानीको भर पर्नुपर्ने क्षेत्रमा भने रोपाई हुन अझै बाँकी रहेको रेडियो थाहासन्चारलाई बताउनुभयो । 

नेपालको अन्न भण्डारको रुपमा परिचित तराई क्षेत्रमा अधिकास क्षेत्रफलमा आकासे पानीको भरमा रोपाई हुँने गरेको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार पर्वमा ३३, मध्यमान्चलमा ३२, पश्चिममा ४४, मध्यपश्चिममा ४२ र सुदुर पश्चिममा सबैभन्दा धेरै ८६ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । 
पश्चिम तराईको कैलाली र कन्चनपुर क्षेत्रमा ९० प्रतिशत रोपाई भएको छ । तर, पुर्वी र मध्ये तराइमा रोपाईको अवस्था सन्तोसजनक नभएको प्रवक्ता ठाकुरले बताउनुभयो । मुख्य तराईको धनुषा महोत्तरी, सर्लाही क्षेत्रमा अहिले पनि अधिकांस क्षेत्रमा रोपाई हुन सकेको छैन । 

पर्याप्त पानी नपरेर तराई क्षेत्रमा धान रोपाई हुन नसकेकोमा धान उत्पादनमा कमी आउन सक्ने ठाकुरको भनाई छ । नेपालको सबैभन्दा बढि धान उत्पादन हुने झापामा समेत ४३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको छ । नेपालमा भदौ महिनाको आधा सम्म धान रोपाई हुने गरेको छ ।