Thaha

Thursday 02 May - 4:07 pm NST

नेपालगंज ​डुवानमा


नेपालगंज, ३१ असार ।


हिजो साँझदेखि परिरहेको अविरल बर्षाका कारण नेपालगञ्जको नगर क्षेत्र जलमग्न भएका छन्  । नगरका विपि चोक, धम्बोझी चोक, सदरलाइन, सुर्खेतरोड, घरबारी टोल, फुन्टेक्रा लगायतका ठाउँ जलमग्न भएका हुन् ।

नेपालगञ्जमा ढल निकासको काम भईरहेपनि बेलैमा काम नसक्दा बर्षायाममा अधिकांस भू–भाग जलमग्न हुने गरेका छन् । पानी परिरहेकाले राप्ती नदीको सहत बढ्नसक्ने भन्दै सुरÔा निकाय, स्थानीय विपद् व्यवस्थापन समिति, रेडक्रस सोसाइटी र विभिन्न संघ संस्थालाई तयारी अवस्थामा राखिएको जिल्ला दैवी प्रकोप उद्वार समिती जनाएको छ ।

यसैबिच अविरल बर्षाका कारण महादेवपुरी–७ शम्सेरगन्जमा रहेको परुवा खोलामा बाढि आउँदा डार्भसन बगाएको छ । डाइभर्सन बगाउदा हिजो साझ देखि पूर्व–पश्चिम राजमार्ग अवरुद्व भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । स्थानीय खोलामा बाढी आउदा खजुरा नेपालगन्ज सडक खण्ड पनि  अवरुद्व भएको छ ।