Thaha

Thursday 02 May - 1:40 pm NST

​बिषालु च्याउले बर्वाद


कैलाली, २७ असार ।


कैलाली र अर्घाखाँचीमा विषालु जङगली च्याउ खाँदा १४ जना बालबालिका सहित २५ जना बिरामी परेका छन् । कैलालीको सहजपुरमा एकै गाउँका २१ जना र अर्घाखाँचीको धनचौर गाविसमा ४ बालिका बिरामी परेका छन् । बिरामी मध्ये ७ जनाको अवस्था गंभिर छ । कैलालिका सबै बिरामीको सेती अन्चल अस्पताल कैलालीमा उपचार गरिएको छ ।

गएराति च्याउ खाएर बिरामी परेका २१ जनालाई प्रहरीको टोलीले राति १ बजे अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिरामी मध्ये २५ वर्षिय शान्ति थापा, २७ वर्षिया दिला दर्लामी र १८ वर्षिया ओम दर्लालीको अवस्था गम्भिर रहको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिरामी पर्नेमा १० महिला, १ पुरुष, ६ बालिका र ४ जना बालक छन् ।  

यस्तै अर्घाखाँचीको धनचौर–१ का आठ वर्षीया अस्मिता जिसी, ६ वर्षीया युवा जिसी, आठ वर्षकी गीता जिसी र पाँच वर्षकी सुस्मिता जिसी गंभिर बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । चारै बालिकालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारका लागि राति नै बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।