Thaha

Thursday 02 May - 11:21 am NST

​पाँच वर्षीया बालिका पनि छाडेनन्

महोत्तरी,२४ असार
महोत्तरीको सरपल्लो गाविसमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
सरपल्लो–१ स्थित आफ्नो फूलबारीमा बसिरहेका महतोले खेतबाट आफ्ना बुबालाई खाजा दिएर घर फर्कदै गरेकी बालिकालाई हिजो साँझ गोठमा बलात्कार गरेको प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिनुभयो । 
महतोलाई जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीले पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाउने तयारी गरेको उहाँले बताउनुभयो ।