पाँच वर्षीया बालिका पनि छाडेनन्
महोत्तरी,२४ असारमहोत्तरीको सरपल्लो गाविसमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सरपल्लो–१ स्थित आफ्नो फूलबारीमा बसिरहेका महतोले खेतबाट आफ्ना बुबालाई खाजा दिएर घर फर्कदै गरेकी बालिकालाई हिजो साँझ गोठमा बलात्कार गरेको प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिनुभयो ।
महतोलाई जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीले पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाउने तयारी गरेको उहाँले बताउनुभयो ।