Thaha

Thursday 02 May - 5:12 pm NST

जर्मनीले तीन अर्ब दिने

काठमाडौ,२३ असार । जर्मनीले तीन अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयन गर्न जर्मनीले अनुदान सहयोग गर्ने भएको हो ।

बुधबार अर्थ मन्त्रालयमाभउको कार्यक्रममा अनुदान सहयोग सम्बन्धी सम्झौतामा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनीका राजदूत माथियस मायरले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा राजदूत मायरले नेपालको विकासमा पनि निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्दै योजनावद्ध रुपमा अघि बढे लक्ष्य हासिल गर्न कठिन नहुने बताउनुभयो ।

भूकम्पपछिकोे पुनःनिर्माणका लागि पनि छुट्टटै सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि बताउनुभयो । संविधानसभाले निर्माण गर्न लागेको नयाँ संविधानले नेपालाई विकासको मार्गमा लैजाने राजदुत मायरको विश्वास छ ।