Thaha

Saturday 22 August - 11:33 am NST

पँहुच हुनेले मात्र राहत पाएको गुनासो


प्रेम सुनार


गुल्मी, असार–२२ ।  गुल्मीको नेटा गाविसका भुकम्प पिडितहरु मध्ये धेरै जसोले सरकारी राहत पहुँच हुनेहरुले मात्रै पाएको गुनासो  गरेका छन् । त्यहाँ स्थित एक राजनैतिक दलको एक लौटी पहुँचमा कतिपयले सरकारी राहत पाए पनि नेटाका अधिकांस भुकम्प पिडितहरुले राहत पाउन नसकेको नेटा –३ का रामु खरेलले गुनासो गरे । 
   उनले छिमेकी दिलमाया घिमिरेको घर देखाउँदै भने–‘ ल हेर्नुहोस्  घर भुकम्पले भत्काई दिएर यो परिवार अर्कैको घरमा शरण लिएर वसेको छ । यस्तो परिवारलाई यहाँ  आएका प्राविधिकले आंशिक क्षतिमा पारी दिए ।’
     नेटा गाविसका   थुप्रै विस्थापित घर परिवारलाई  सरकारी निकायले आंशिकमा पारेर अन्याय गरेको भन्दै स्थानिय राजनैतिक दलका प्रतिनिधीहरु जिल्ला प्रशासनमा निवेदन  गर्न पुगेको एकिकृत नेकपा माओवादी नेटाका अध्यक्ष दुर्गा बिश्वकर्माले बताए ।
   आफुहरुले त्यहाँ पुग्ने प्राविधिकहरुलाई पटक पटक आग्राह गरेको र प्रशासनको समेत ध्यानकृष्ट गराएको यदि सुनुवाई हुन नकसके आन्दोलन गर्न समेत बाध्य हुने   बिश्वकमाको  चेतवानी थियो । आंशिक भनिएका नेटा गाविसका थुप्रै घरहरु मध्ये वडा नम्वर ३ स्थित थामा गाउँकी  दिलमाया घिमिरेको  घरमा पुगेर सहकर्मी प्रेम सुनारले स्थलगत रिर्पोट तयार पानु भएको छ । सुनौं  त्यस्तो घर पुर्ण क्षतिमा पर्ने  कि  नपर्ने ?  


   नेटा गाविसका भुकम्प पिडितहरुको पिडा त प्रतिनिधी मुलक पिडा हो । जिल्लाका हरेक गाविसमा अवस्था उस्तै छ । वर्षायाम भित्रिए लगत्तै सुरुमा आंशिक र सामन्य क्षति भनिएका धेरैका घरहरु भत्कीदै गएका छन् र क्रमिक रुपले मानिसहरु घरबाट विस्थापित हुँदै छन् ।