Thaha

Friday 26 April - 4:12 pm NST

भान्जा ठग्ने मामा पक्राउ

काठमाडौं​, असार २१ । अनुसन्धान अधिकृतमा जागिर लगाइदिने भन्दै आफ्नै भान्जालाई ठगी गर्ने एक व्यक्ति काठमाण्डुमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक थकनी गाविस–३ घर भई ललितपुर कुसुन्ती–३ बस्ने ३३ वर्षीय गणेशबहादुर खनाल रहेको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–६ बस्ने ३० वर्षीय रामेश्वर चौलागार्इँलाई राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भनि खनालले १६ लाख रुपियाँ ठगी गरेको प्रहरीको भनाई छ ।