Thaha

Wednesday 17 April - 1:54 am NST

जोखिमयुक्त बस्ती सार्ने तयारी तिब्र

असार १८/ काठ्माण्डौं

सरकारले भुकम्प प्रभाबित क्षेत्रका जोखिमयुक्त बस्ती अन्यत्र सार्ने तयारी तिब्र पारेको छ ।

गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले १८ जिल्लाका ३० स्थानका जोखिमयुक्त बस्ती १५ दिन भित्र सुरक्षित स्थानमा सार्न गृह, स्थानीय बिकास र शहरी बिकास मन्त्रालयलाई जिम्बेवारी दिएको थियो । जिम्बेवारी पाएका मन्त्रालयले आफ्नो कार्य तिब्र पारेका हुन् । मन्त्रालयहरुले नीतिगत निर्णय गरी जिल्ला कार्यालयहरुलाई तयारी तिब्र पार्न निर्देशन दिइसकेका छन् ।

अहिले संभब भएसम्म जोखिमयुक्त बस्ती सार्न सरकारी जग्गाको खोजि भैरहेको र त्यस्तो जग्गा नभेटिएका ठाँउमा नीजि जग्गा भाडामा लिने तयारी भैरहेको शहरी बिकास मन्त्रालयका सह–प्रवक्ता कबिन्द्र बिक्रम कार्कीले रेडियो थाहा सन्चारलाई जानकारी दिनुभयो । भवन निमार्ण डिभिजन कार्यालयलाई आवास स्थल निमार्ण गर्न, खानेपानी डिभिजन कार्यालयलाई स्थानान्तरण गरिने ठाउमा खानेपानी र शौचालय व्यबस्था निर्देशन दिए बमोजिम काम गरिरहेको उहाँले बताउनुभयो । संभब भएसम्म १५ दिनभित्रै जोखिमयुक्त क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्न सक्ने गरी काम भैरहेको मन्त्रालयका सह–प्रवक्ता कार्कीले बताउनुभयो ।

बैशाख १२ को भुकम्पपछि खानी तथा भुर्गभ विभाग र बिज्ञ सहितको टोलीले ति क्षेत्रलाई जोखिपुर्ण औल्याउदै बस्ती स्थानान्तरण गर्न सरकारलाई सुझाब दिएको थियो । टोलीले १५ जिल्लाका झन्डै २० हजार घरपरिवारका ५० हजार जनसंख्या स्थानान्तरण गर्नु पर्ने  बताएको थियो ।