Thaha

Saturday 27 April - 2:39 am NST

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

काठमाण्डौं, साउन २४ । फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । नाईन एन ए के ए कल साईन भएको हेलिकोप्टर नुवाकोटको बेलकोट क्षेत्रमा दुर्घटना हुंदा चालकसहित ७ जनाको मृत्यु भएको फिस्टेल एयरले पुष्टि गरेको छ ।

दुर्घटनामा पाईलट रञ्जन लिम्बु, गोरखाको सिर्दीवास गाविस—२ का ६० बर्षिय कितमान गुरुङ्ग उहाँकी श्रीमती ५६ बर्षिया अज्ञानी गुरुङ्ग, १९ बर्षिया किर्ती गुरुङ्ग, उहाँको ५ दिनको छोरा, आफन्त गोरखाकै उहिया गाविस खोर्लाबेसीकि २८ बर्षिया लक्ष्मी गुरुङ्ग र सिर्दीवास स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी ईटहरी घर भएकी २२ बर्षिया निशा तामाङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

५ दिनकी सुत्केरी किर्तीको स्वास्थ्य अवस्था बिग्रीएपछि थप उपचारका लागी काठमाण्डौं ल्याउंदै गर्दा हेलिकोप्टर नुवाकोटको मदानपुर—९ बेतीनि जंगलमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक ऋषिराम कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले दुर्घटना भएलगत्तै हेलिकोप्टरमा आगो लागेको बताएका छन् ।

दिउँसो साढे १२ बजे गोरखाबाट उडेको हेलिकोप्टर आधा घण्टापछि नै सम्पर्कवीहिन भएको थियो । स्थानीयले नुवाकोटको बेतीनी बनको सिरानमा हेलिकोप्टर दुर्घटनामा परेको खवर प्रहरीलाई गरेका थिए ।