Thaha

Monday 29 April - 3:57 am NST

श्रमको सम्मान गरियोस् भन्दै आज ज्येष्ठ नागरिक सडकमा


काठमाण्डौ, १९ बैशाख । 
विश्व मजदुर दिवसको अवसर पारेर आफ्नो श्रमको सम्मान गरियोस् भन्दै आज ज्येष्ठ नागरिकले काठमाण्डौंमा ¥याली निकालेका छन् । ३० औँ लाख बेरोजगार युवा अत्यन्तै न्यून ज्यालामा जोखिमपूर्ण काममा खाडी मूलुकमा संर्घष गरिरहेका बेला ज्येष्ठ नागरिक पनि आफ्नो श्रमको सम्मान हुन नसकेको भन्दै सडकमा निस्कएका हुन् ।

मुलुकको समृद्धिमा ज्येष्ठ नागरिकको निकै ठूलो योगदान रहे पनि राज्य र समाजबाट श्रमको लेखाजोखा र मूल्याङ्कन हुन नसकेको उनीहरुले गुनासो गरेका छन् । उमेरले ७५ वसन्त पार गरिसकेकाहरु तानमा कपडा र गुन्द्री बुन्दै गरेका तथा गह्रौँ दाउराका भारी बोकेको तस्बिरसहितको प्लेकार्ड लिएर र्यालीमा सहभागि भए । रत्नपार्कको शान्तिवाटिकाबाट सुरु भएको ज्येष्ठ नागरिकको ¥याली भद्रकालीमा पुगेर सभामा परिणत भएको थियो । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको ८  दशमलब ४१ प्रतिशत ज्येष्ठ नागरिक छन् ।