Thaha

Monday 29 April - 2:38 am NST

आवास बनाउन स्वयंसेवक परिचालन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड / बैशाख २३ गते संसदमा सरकारकोे नीति तथा कार्यक्रम

File Photo

 काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक आवासमा केन्द्रित गरी जेठ १ देखि १५ दिनका लागि स्वंयसेवक परिचालन गर्न सबै दललाई आग्रह गर्नुभएको छ । 
शनिबार सिंहदरबारमा बसेको सर्बदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडितको सामूहिक आवासका लागि सबै दलबाट प्राप्त नामलाई संगठित रुपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । विशेषले आ–आफ्नै ढंगले स्वयंसेवक परिचालन गर्दा समस्या आउन सक्ने प्रधानमन्त्रीको भनाई छ । उहाँले स्वयंसेवक परिचालन कार्यविधि बनाएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समन्वय गर्ने जानकारी दिनुभयो । 
प्रधानमन्त्रीले पुनर्निर्माणका लागि स्वदेशी–विदेशी संस्थाहरुले गरेको खर्चको अनुगमन र उनीहरुले स्वयंसेवाको पनि विधि बनाउन पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनुभयो । बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका नेता पशुपतिशमशेर राणा, नेकपा संयुक्तका अध्यक्ष गणेश साह, नेमकिपाका नेता प्रेम सुवाल तथा अन्य दलका नेताहरुले स्वयंसेवक परिचालनप्रति सहमति जनाएका थिए । 
यसैबीच, सरकारले बैशाख २३ गते व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । बिहान ंिसंहदरबारमा बसेको सर्वदलीय  बैठकको निर्णयका आधारमा सरकारले २३ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी थालेको छ । आउँदो २१ गतेदेखि चल्ने संसद बैठकलाई प्रभावकारी रुपमा सन्चालन गर्न सबैले सकारात्मक भूमिका खेल्ने बैठकमा सहमति भएको नेताहरुले बताएका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकले आन्दोलनरत मधेसवादी दलसंग गम्भीर  छलफल गर्ने निर्णय गरेको छ । बैठकमा पुननिर्माण महाअभियानमा सबै दलले स्वयंमसेवक परिचलान गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पुननिमार्णमा सेना, प्रहरी र राजनैतिक दलका कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गरिने भएको हो । 
प्रधानमन्त्रीले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाएपनि सरकारमा सहभागी दल, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र अरु सानादलहरु मात्रै सहभागी भए । मधेसवादी दल भने खबर नभएको भन्दै बैठकमा गएनन् ।