Thaha

Friday 26 April - 3:40 pm NST

गुल्मीको दुई गाविसमा ठूलो आगलागी / झन्डै डेढदर्जन घर गोठ जलेर नष्ट, आगो नियन्त्रण बाहिर

File Photo

 काठमाडौं, १८ बैशाख । गुल्मीको बडागाउँ र थानपति गाविसमा डढेलो र आगलागी भएको छ । आगलागीबाट झन्डै डेढ दर्जन घरगोठ जलिसकेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वडागाउँको माझगाउँमा १० वटा घर जलेका छन् भने थानपतिमा ७ घरगोठ जलेका छन् । प्रहरीअनुसार आगो नियन्त्रण बाहिर छ । 
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागिपरेका छन् । गाउँभरि लागेको आगो हावाहुरीका कारण निभाउन अप्ठेरो परिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रबार गुल्मीकै इस्मा दोहली–५ को खरबारीमा लागेको डढेलो निभाउने क्रममा जलेर दुई जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा ६२ वर्षीय तुलसी लामा गुरुङ र ५६ वर्षीय लोकबहदुर गुरुङ रहेका छन् ।