Thaha

Friday 26 April - 9:00 am NST

एक महिना भित्र संबिधान जारी हुन्छ – प्रचण्ड


काठमाण्डौं असार १८ ।एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक महिना भित्र नयाँ संविधान जारी भईसक्ने बताउनुभएको छ ।

नेपाल चेम्वर अफ कमर्सको टोलीसँग आज बिहान भएकोे भेटमा अध्यक्ष प्रचण्डले असन्तुष्ट दलहरु विच छलफल भईरहेकाले सवैको सहमतीमै नयाँ संविधान जारी गरिने बताउनुभएको हो । उहांले संबिधान जारी गर्न सवै क्षेत्रबाट रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउंदै अव बन्ने संविधानमा सवै वर्ग र समूहको भावना समेटिने आश्वासन दिनुभएको छ ।

संविधानप्रति सबै जनताले अपनत्व महशुश गर्ने र मुलुकले छिटै आर्थिक सम्वृद्धि हासिल गर्ने प्रचण्डको भनाई छ । भेटघाटका अवसरमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुक लामो समय राजनैतिक संक्रमणबाट गुज्रिएकाले मुलुकको आर्थिक विकास प्रभावित भएको बताउंदै अविलम्व संविधान निर्माण हुनुपर्ने बताउनुभयो ।