Thaha

Saturday 27 April - 6:32 am NST

नेपाल कपको उपाधि आर्मीलाई


अनिल ढकाल चितवन ,श्रावण ३१ चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । चितवनको क्याम्पा चौरमा भएको फाईनलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै उपाधि कब्जा गरेको छ । पहिलो हाफमै दुई गरेको आर्मीलाई गोल फर्काउन असफल भयो ।

पहिलो हाफको १९ औ मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गरेर टिमलाई अग्रता दिलाए । त्यसको लगत्तै ३० औं मिनेटमा आर्मीका सुमन अर्यालले गोल गरेपछि २–० को अग्रता लिएको आर्मीले खेलमा दबाब कायम राख्यो । केही राम्रा अवसर पाएपनि पुलिसले त्यसलाई सदुपयोग गर्न नसकेपछि उपविजेतामा चित्त बझाउन बाध्य हुनुप¥यो ।

उपाधि जितेको पुलिसले ट्रफि सहित नगद तीन लाख रुपैया पाएको छ । यस्तै उपविजेताले नगद दुई लाख रुपैया पाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पूर्व उपप्रधानमन्त्रि कमल थापाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडीको अवार्ड नेपाल पुलिस क्लबका रविन श्रेष्ठ र सर्वाधिक गोलकर्ताको अवार्ड आर्मीका कप्तान भरत खवासले पाएका थिए । आर्मीका सुमन अर्याल फाईनल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

कार्यक्रममा फुटबलको विकासका लागि योगदान पु¥याएको भन्दै  प्रशिक्षक अरुणा गुरुङ तथा पूर्व खेलाडीहरु सुर्यमान श्रेष्ठ , छन्नुराम महत्तो , राजेन्द्र श्रेष्ठ र विरेन्द्र पाण्डेलाई सम्मान गरिएको थियो । स्पोर्टस फर अल क्लब नेपालको आयोजनामा भएको प्रतियोगिता श्रावण २४ गतेबाट सुरु भएको  थियो ।