Thaha

Saturday 27 April - 4:42 am NST

३१ औं ओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा शुरु

काठमाडौं, साउन २२ गते । ३१ औं ओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा शुरु भएको छ । माराकाना रंगशालामा आयोजित भव्य समारोहमा ब्राजिलका कार्यवाहक राष्ट्रपति मिचेल टेमरले रियो ओलम्पिक शुरु भएको घोषणा गर्नुभयो । ब्राजिली पूर्व म्याराथन धावक भान्डेरलेई कोरडेईरो डि लिमाले ओलम्पिक ज्योती बालेपछि प्रतियोगिता औपचारिक रुपमा शुरु गरिएको छ । समारोहमा नेपालकी फुपूल्हामू खत्रीले नेपालको झण्डा बोकेकी थिईन् । रियो ओलम्पिक अन्तर्गत आज आर्चरी, शूटिङ्ग, रोईङ्ग, वाटर पोलो, फेन्सिङ्ग, टेबल टेनिस, भलिबल, ह्यान्डबल, साईक्लिङ्ग रोड, बिच भलिबल  आज १२ वटा स्वर्ण पदकको टुंगो लाग्नेछ । जारी ओलम्पिकमा नेपालका ७ खेलाडी सहभागी छन् ।