Thaha

Saturday 20 April - 4:10 pm NST

दुई विभागीय टीम सेमिफाईनलमा

अनिल ढकाल चितवन साउन २७ । चितवनमा जारी चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगितामा दुई विभागीय क्लब विजयी भएका छन । आज भएको क्वाटरफाईनल खेल जितेर नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेका छन । पहिलो खेलमा नेपाल पुलिसले चितवनको एभरेष्ट क्लबलाई ३–० ले पराजित गरेर सेमिफाईनल पुगेको हो ।

सिधै वाई पाएर क्वाटर फाईनल खेलेको पुलिस क्लबका लागि सुमन लामाले दुई गोल गरेका थिए भने रवि पासवानले १ गोल गरेर टिमलाई विजयी बनाए । पुलिसका सुमन लामा खेलको म्यान अफ दी म्याच भएका थिए । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विरगञ्ज युथ एकेडेमीलाई पराजित ग¥यो ।

त्रिभुवन आर्मीले विरगञ्ज युथलाई ३–०ले पाखा लगाएर सेमिफाईनल प्रवेश गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी भएपनि दोस्रो हाफमा आर्मीले तीन गोल हानेको हो ।   दोस्रो हाफको ५ औं मिनटमा नवयुग श्रेष्ठको पासमा भरत खवासले गोल गरेर टिमलाई अग्रता दिलाए । ९ औ मिनटमा आर्मीका लागि दिपक गुरुङले गोल गरे भने ३२ औ मिनटमा दिप लामाले गोल गरेर जित सुनिश्चित गरे । खेलको म्यान अफ दी म्याचको उपाधी  त्रिभुवन आर्मीका कप्तान भरत खवासले पाएका थिए ।

प्रतियोगिता अन्र्तगत अन्तिम क्वाटर फाईनल खेल  शसस्त्र प्रहरी बल एपीएफ र ब्वाईज युनियन बीच दिउसो साँढे तीन बजे हुनेछ । शनिवार हुने पहिलो सेमिफाईनलमा एनआरटी काठमाडौं र त्रिभुवन आर्मी क्लब विच हुनेछ । त्यस्तै  भोलीको विजेताले सेमिफाईनलमा नेपाल पुलिसको  सामना गर्नेछ ।

प्रतियोगिताको फाईनल खेल श्रावण ३१ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद तीन लाख र उपविजेताले दुई लाख रुपैया पुरस्कार पाउने छन ।