Thaha

Friday 26 April - 6:30 pm NST

नेपाल नेदरल्यान्डस्विरुद्ध फस्ट ब्याटिङ्गमा पारसको अर्धसतक पार

 काठमाण्डौं, साउन ३१ । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल अहिले नेदरल्याण्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । घरेलु टोली नेदरल्याण्डसविरुद्ध नेपालले  आम स्ट्रडममा टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । कप्तान पारस खड्काले अर्धसतक पूरा गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा पहिलो बलमै आउट भएका पारसले आज अर्धसतक पूरा गरेका हुन् ।  ८२ बलमा ५ चौका र एक छक्का प्रहार गरी उनले ६५ रन बनाए । अहिले पारस र सागर पुन क्रिजमा छन् । ३९ दशमलव ३ ओभरसम्म सागर २५ रन बनाएर खेलिरहेका छन् । अस्ती भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।

लिगमा १२ अङ्क जोडेको अपराजित नेदरल्यान्डस शीर्ष स्थानमा छ । चार अङ्क जोडेको नेपाले लिगको छैटाँै स्थानमा छ । नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ । जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्न पाउनेछन् ।

नेपाल शीर्ष चारमा रहन नसके विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।