Thaha

Friday 26 April - 3:39 pm NST

मदिरा सेवन गरी गाडी चलाउनेलाई १० हजार सम्म जरिवाना हुने


काठमाण्डौं, २० साउन । भारतले मदिरा सेवन गरी गाडी चलाउनेलाई १० हजार रुपैंया सम्म जरिवाना हुने गरी नयाँ कानून ल्याउने तयारी गरेको छ । ट्राफिक नियम उल्लंघन गर्नेमाथि जरिवाना रकम बढाउने गरी तयार गरिएको मोटर वाहन संसोधन विधेयकलाई केन्द्र सरकारले स्वीकृति दिएको छ । तिव्र गतिमा गाडी चलाउनेमाथि हुने जरिवाना रकम १ हजार बाट बढाएर ४ हजार रुपैंया पु¥याउने र बिमा नगरी गाडी चलाउनेलाई दुई हजार रुपैंया जरिवाना या तीन महिनाको जेल सजायँ हुने प्रस्ताव गरिएको छ । हेलमेट नलगाई मोटरसाईकल चलाउने क्रम बढेपछि त्यसलाई रोक्नका लागि त्यस्ता चालकलाई २ हजार रुपैंया जरिवाना र चालक अनुमति पत्र तीन महिनाका लागि निलम्बित गर्ने व्यवस्था गरिएको भारतीय सन्चारमाधयमले जनाएका छन् । कुनै नाबालकले गाडी चलाएरर दुर्घटना भएको अवस्थामा गाडीका मालिक वा अभिभावकलाई दोषी ठहर गरि गाडीको दर्ता नै खारेज गरिनेछ । केन्द्रिय यातायात मन्त्री नितिन गडकरीले नयाँ व्यवस्थालाई सडकलाई सुरक्षित गराउन र लाखौं जिन्दगी बचाउने दिशामा ऐतिहासिक कदम भन्नुभएको छ । उहाँका अनुसार १८ राज्यका यातायात मन्त्रीको सुझावका आधारमा नयाँ व्यवस्था लागू गर्न लागिएको हो ।