Thaha

Friday 19 April - 5:56 pm NST

ईमिरेट्स एयरलाईन्सको बोईङ्ग क्र्यास ल्यान्डिङ्ग

काठमाण्डौं, साउन १९ ।भारतबाट उडान भरेको संयुक्त अरब ईमिरेट्सको बोईङ्ग विमानमा आगो लागेपछि आपतकालीन अवतरण गराईएको छ । दक्षिण भारतको केरला त्रिवेन्द्रमबाट उडेको बोईङ्ग सेभेन सेभेन सेभेनको ईके फाईभ टु वान प्mलाईट दुबई ईन्टरनेश्नल एयरपोर्टमा विमान क्रयास ल्यान्डिङ्ग भएको हो ।

ईमिरेट्स एयरलाईन्सले टिवटरमार्फत घटनाको पुष्टि गर्दै विमानमा सवार सबैलाई सुरक्षित रुपमा धँुवा छुडिरहेको विमानबाट सुरक्षित रुपमा बाहिर निकालीएको जनाएको छ । विमानमा २ सय ७५ यात्रु र चालकदलका १८ सदस्य सयजना सवार थिए । द सन अनलाईनले जनाएअनुसार दुबई इन्टरनेश्नल एयरपोर्ट नजिक करिब एक सय फिटमाथि विमानबाट कालो धुँवा निस्कीरहेको थियो ।

विमानमा कुनै आपतकालीन सुचना जारी नगरिएको र अवतरणका क्रममा धुँवा निस्कीएको विमानमा सवार एक यात्रुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसपछि तत्काल विमानको आपतकालीन ढोका खोलेर सबैलाई बाहीर निकालीएको थियो । आगो लागेपछि विमानको एउटा हिस्सा छुट्ठिएर झरेको छ ।

ल्यान्डिङ्ग गियरमा खराबी आएकाले विमान दुर्घटनामा परेको हुनसक्ने प्mलाईङ्ग एक्सपर्टले बताएका छन् ।