Thaha

Saturday 27 April - 8:46 pm NST

सूर्यकुमार क्षेत्री स्मृति अन्तर मिडिया फुटसल प्रतियोगिता आजदेखि


काठमाडौं, साउन १० । प्रथम सूर्यकुमार क्षेत्री स्मृति अन्तर मिडिया फुटसल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । गोलपोस्ट स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरले गर्न लागेको प्रतियोगितामा १३ टिमको सहभागिता रहने प्रतियोगिता सह–संयोजक माधव धितालले जानकारी दिनुभयो । सहभागी टिमलाई विभिन्न ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । स्व. क्षेत्रीका छोराको शिक्षामा आर्थिक सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु भैसेपाटीमा रहेको ट्रेनिङ सेन्टरमै हुनेछ । सभामुख ओन्सरी घर्ती मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिताको पहिलो खेल अहिले केहीबेरमा नेपाल टेलिभिजन र माउन्टेन टेलिभिजनबीच हुनेछ । पत्रकार क्षेत्रीको गत बैशाखमा ब्रेन ट्युमरका कारण निधन भएको थियो ।