Thaha

Friday 19 April - 11:55 pm NST

बेलायतमा नयाँ प्रधानमन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौं, ३० असार । बेलायती नवनियुक्त प्रधानमन्त्री थेरेसा मे ले निवर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले अघि सारेको सामाजिक न्यायको अभियानलाई निरन्तरता दिने बताउनुभएको छ । 
पदभार ग्रहण गरेलगत्तै सम्बोधन गर्दै उहाँले आफूले नेतृत्व गर्ने सरकार केही विशेष व्यक्तिको हितका लागि नभई सम्पूर्ण आम नागरिकको हितमा काम गर्ने बताउनुभयो । डेभिड क्यामरुनले एक राज्य सरकार चलाईरहेको भन्दै त्यही भावना अनुसार आफूले पनि सरकारलाई अघि बढाउने उहाँको भनाई छ । पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री मे ले नयाँ मन्त्रीमण्डलमा ६ जना नियुक्त गरेको सिएनएनले जनाएको छ । बेलायत ईयुबाट बाहिरिने पक्षका अभियन्ता लण्डनका पूर्व मेयर बोरिस जोन्सन लाई विदेशमन्त्री र लियाम फक्सलाई अन्तर्राष्ट्रिय व्यापार हेर्ने गरी विदेशमन्त्रीको जिम्मेवारी दिईएको छ । 
निवर्तमान विदेशमन्त्री फिलिप ह््यामन्डलाई अर्थ क्षेत्र हेर्ने गरी चान्सलर, पूर्व उर्जामन्त्री अम्बर रुडलाई गृहमन्त्री, डेभिड डेभिसलाई ब्रेक्जिट मन्त्रीका रुपमा नियुक्त गरिएको छ । रक्षा मन्त्री मिचेल फ्यालनलाई रक्षामन्त्रीमा यथावत् राखिएको छ ।