Thaha

Monday 29 April - 9:05 pm NST

यूरोकप फुटबलमा आज पनि नकआउट चरणका तीनवटा खेल


काठमाण्डौं, असार १२ । युरोकप फुटबलको नकआउट चरण अन्तर्गत आज पनि तीन खेल हुँदैछन् । बेलुका पौने ७ बजे हुने खेलमा फ्रान्स र आयरल्याण्ड भिड्नेछन् । यस्तै बेलुका पौने १० बजे जर्मनी र स्लोभाकिया तथा राती पौने १ बजे हंगेरी र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । युरोकप अन्तर्गत गएराती भएका खेलबाट पोर्चुगल, वेल्स र पोल्याण्ड क्वार्टरफाईनलमा पुगेका छन् । पोर्चुगलले क्रोयशियालाई र वेल्सले उत्तरी आयरल्याण्डलाई  समान १ शून्यले हराए ।

यस्तै पोल्याण्डले स्वीटजरल्याण्डलाई पेनाल्टी शुटआउटमा ४ का विरुद्ध पाँच गोलले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित ग¥यो ।