Thaha

Friday 19 April - 10:46 pm NST

एएफसी कप २०१७ को छनोट चरणको ड्र सार्वजनिक


काठमाण्डौं, असार ३ गते । एएफसी कप २०१७ को छनोट चरणको ड्र सार्वजनिक भएको छ । एएफसी कप २०१७ को प्लेअफ क्वालिफायर ड्रअनुसार राष्ट्रिय लिग च्यिाम्पियन थ्री स्टार क्लबले छनोट चरणमा मंगोलीया प्रतिद्वन्द्वी पाएको छ । थ्री स्टार क्लब समूह ‘ख’मा रहेर मंगोलियाको ईर्चिम एफसी र कम्बोडियाको नागावल्र्ड एफसीसंग भिड्नेछ । छनोट चरण पार गरेमा थ्री स्टार क्लबले प्रारम्भिक चरणको प्लेअफ खेल्न पाउनेछ्र । समूह विजेता बन्ने टोली अर्को चरणमा प्रवेश गर्नेछ । एएफसीकप आगामी अगस्ट २१ देखी २७ सम्म मंगोलियामा हुंदैछ ।