Thaha

Wednesday 24 April - 1:02 am NST

गुजरात दंगाका एघार जनालाई जन्मकैदको सजाय


काठमाण्डौं, असार ३ गते । भारतको अहमदाबाद विशेष अदालते गुजरात दंगा सम्बन्धी मुद्दामा ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले अन्य एक अभियुक्तलाई १० बर्ष र १२ जनालाई सात वर्षको जेल सजाय सुनाएको बिबिसीले जनाएको छ । लामो समयको बहसपछि अदालतले ११ जना दोषिलाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको सजाय सुनाईएका ११ मध्ये ९ जना सन् २००२ देखी जेलसजाय काटीरहेका छन् । तर अदालतले मृत्यु नहुन्जेलसम्म सजाय हुने भनेर उल्लेख गरेको छैन । २००२ सालमा गुजरातमा भएको दंगाका क्रममा अहमदावादको गुलबर्ग सोसाईटीमा त्यही बर्षको फेब्रुअरी २८ मा काँग्रेसका पूर्व सांसद एहसान जाफरीसहित ६९ जना मारिएका थिए ।