Thaha

Saturday 20 April - 7:32 am NST

त्रिकोणात्मक एकदिवसीय क्रिकेट : वेष्ट ईन्डिज अफ्रिकासँग १ सय ३९ रनले पराजित


काठमाण्डौं, असार २ । त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंंंखला अन्तर्गत बिहान सकिएको खेलमा दक्षिण अफ्रिकाले वेष्ट  ईन्डिजलाई १ सय ३९ रनले हराएको छ । दक्षिण अफ्रिकाका ईमरान ताहिरले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि ३ सय ४४ रनको लक्ष्य पच्छ्याएको वेष्ट ईन्डिज २ सय ४ रनमा समेटियो ।

९ ओभर बलिङ्ग गरेका ताहिरले ४५ रन खर्चेर ७ विकेट लिएका हुन् । वेष्ट ईन्डिजका लागि जोन्सन चाल्र्सले सबैभन्दा धेरै ४९, मार्लोन सामुएल्सले २४, एन्ड्रे पm्लेचरले २१ र किरोन पोलार्डले २० रन बनाए । पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले पुरै ओभर खेलेर ४ विकेटको क्षतिमा ३ सय ४३ रन बनाएको थियो ।

उसका लागि हासिम अम्लाले सबैभन्दा धेरै १ सय १० रनको योगदान गरे । यस्तै फाफ डु प्लेसिसले नटआउट ७३, क्विन्टन डि ककले ७१ र क्रिश मोरिसले ४० रनको योगदान गरे । जीतसंगै दक्षिण अफ्रिका १० अंकका साथ शीर्ष स्थानमा छ ।