Thaha

Saturday 20 April - 3:48 pm NST

कोपा अमेरिका फुटबलमा क्वाटरफाईनल समीकरण पुरा


काठमाण्डौं, असार १ । कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज विहान पनामालाई २ का विरुद्ध ४ गोलले हराउँदै चिली क्वाटरफाइनल पुगेसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । चिलिका लागि एडुवार्डो भार्गास र एलेक्सिस सान्चेजले २÷२ गोल गरे । पनामाका लागि दुई गोल मिगुएल कामार्गो र एडिएल अर्रोयोले गरे ।

क्वाटरफाइनलमा चिलीले मेक्सिकोसँग प्रतिष्पर्धा गर्नेछ । पेरु र कोलम्बिया, अर्जेन्टिना र भेनेजुयला, अमेरिका र इक्वेडर भीड्नेछन् । विहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३ शून्यले पराजित गरेको छ । जितसँगै अर्जेन्टिना समूह डि को बिजेता बन्यो ।