Thaha

Saturday 22 August - 10:40 am NST

सात राष्ट्रिय खेल संघको दर्ता खारेज


काठमाण्डौं, जेठ ३२ । राष्ट्रिय खेलकुद परिषद् राखेपले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।

दर्ता भएयता साधारणसभा नगराएको र निस्कृय रहेको राष्ट्रिय संघ छानविन समितिको प्रतिवेदनका आधारमा हाल पहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।

२०७२ साल पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।