Thaha

Friday 26 April - 9:14 pm NST

प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आमाद्धारा छोरीलाई जलाईयो

काठमाण्डौं, जेठ २७ । पाकिस्तानमा एक युवतीलाई आफ्नै आमाले जलाएर मारेकी छिन् । परिवारको सहमतिबिना आफूखुसी विवाह गरेको भन्दै जीन्नत रफिक नाम गरेकी युवतीलाई जलाएर हत्या गरीएको बिविसीले जनाएको  छ । १८ बर्षिया जीन्नतले एक साताअघि हसन खान नाम गरेका युवकसँग अदालती विवाह गरेकी गरेकी थिईन् ।

लाहोरका प्रहरी प्रवक्ता नायाब हैदरका अनुसार बिवाहको केही दिनपछि जीन्नतले आफ्नी आमालाई फोन गरेर माफि मागेपछि उनकी आमा परवीनले सबैले माफ गरेको भन्दै घर बोलाएर उनीमाथि पेट्रोल छर्केर आगो लगाईदिएकी हुन् । प्रहरीले जीन्नतलाई आगो लगाएर मार्ने उनकी आमा परवीन लाई पक्राउ गरेको छ ।

उनले छोरीले गरेको गल्ती माफिको लायक नभएको भन्दै जिउंदै जलाएर मारेको बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । एक महिनाको अवधिमा पाकिस्तानमा प्रेम र विवाहमाथिको रुढीवादी नियमविरुद्ध जाने महिलामाथि भएको यो तेस्रो घटना हो ।

पाकिस्तानको मानवअधिकार आयोगका अनुसार गतवर्ष झण्डै ८ जना युवती यस्तै घटनाको शिकार भएका थिए ।