Thaha

Wednesday 17 September - 3:16 am NST

पश्चिमा देशमा बढ्दैछ नयाँ चलन

काठमाण्डौं, जेठ २५ । जीवनसाथी रोज्नका लागि निश्चित उमेर कुन होला ? नेपाली समाजमा कुनै समय यस्तो थियो, जहाँ अभिभावकले ६—७ बर्षकी छोरीलाई उनीभन्दा धेरै ठुलो उमेरका केटासँग बिहे गरिदिन्थे । त्यसो त हामीमध्ये धेरैका आमाबुबाको बिहे १२—१५ देखी २० बर्ष नपुग्दै भएको छ । तर अहिले बिहेवारी २० बर्ष पारी भन्ने गरिन्छ जसलाई अभिभावकले पछ्याएको पनि देखिन्छ । 

पश्चिमा देशहरुमा भने पछिल्लो समय एउटा नयाँ चलन देखिएको छ, जहाँ  अवकासपछि बिहे गर्दैछन् मान्छेहरुरु । पश्चिमाहरु ६० बर्षको उमेर कटेपछि जीवनसाथी रोजीरहेका   छन्, उनीहरुसँग आफ्नो बाँकी जीवन बाँच्ने कसम खाईरहेका छन् । बेलायतको सरकारी आंकडाले भन्छ, त्यहाँ ६० बर्षको उमेरमा बिहे गर्ने पुरुषको संख्या २५ प्रतिशतसम्म बढेको छ । ६० बर्ष या त्यो भन्दा धेरै उमेर कटेपछि बिहे गर्ने महिलाहरुको सँख्यामा २१ प्रतिशतको बृद्धि देखिएको छ । 

तस्वीरः बिबिसी 

यस्तैगरी अमेरीकाको सरकारी आंकडालाई हेर्ने हो भने यस्तै देखिन्छ जहाँ पहिले बिहे भईसकेका ५५ देखी ६४ बर्ष उमेर कटेका मानिस फेरी बिहे गर्छन् । ६५ बर्षभन्दा माथिका बृद्धबृद्धामध्ये आधाजसोले दोस्रो बिहे गरेका छन् अमेरीकामा । 

तस्वीरः बिबिसी 

यो उमेमा बिहे गर्नेहरुले भने केही कठिनाईको सामना गर्नुपरेको छ ।  बुढेसकालमा बिहे गर्दा सबैभन्दा झन्झट सम्पत्तिको साझेदारी र जिम्मेवारीको वाँडफाडमा देखिन्छ । छोरा छोरी र नातानातिनी भईसकेपछि, मनग्यजसो सम्पत्तिको मालिक भएपछिको उमेरमा बिहे गर्दा त्यस्ता झन्झट देखिनु खासै अस्वभाविक पनि होईन ।

वासिङ्गटनस्थित फाईनान्शियल प्लानर होवार्ड प्रेसम्यान भन्छन्— “उमेरको ६० दशकमा बिहेको निर्णय भावुक भएर गर्न हुन्न, जबकी कुनै नतीजामा पुग्नुअघि ठोस रुपमा व्यवहारीक (प्रैक्टिकल) कुराहरुलाई हेरेर गर्नुपर्छ ।” सबैभन्दा पहिले यो बुझ्न आवश्यक छ, तपाईसँग भएको सम्पत्तिमाथि यो बिवाहले कस्तो असर पुर्याउंछ, तपाईको कमाई अब तपाईको मात्र रहनेछैन, अरु कोहीको पनि साझा हुनेछ, तपाईको सम्पत्तिमाथि तपाईको नयाँ जीवनसाथीको पनि हक लाग्नेछ” यो सोच्न जरुरी छ  प्रेसम्यान भन्छन्— तर धेरैले यी कुराहरुमा विचार गर्दैनन् । पैसाको मामिलामा भने सबैभन्दा पहिले विचार गर्न आवश्यक  छ ।”