Thaha

Tuesday 23 April - 7:31 pm NST

पूर्व विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलिको निधन


काठमाडौं, २२ जेठ ।
पूर्व विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलिको निधन भएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या बढेपछि दुई दिन अघि अमेरिकाको फोनिक्स स्थित अस्पताल भर्ना गरिएका ७४ वर्षिय अलिको उपचारकै क्रममा निधन भएको हो । अलि सन् १९८४ देखि पार्किन्सन रोगबाट पीडित थिए । सन् २०१४ मा निमोनिया र त्यसको एक वर्ष पछि पिसाब नलीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सन् १९६० को रोम ओलम्पिकमा पहिलो स्वर्ण जितेका अलि तिनपल्ट हेभीवेटको उपाधी जित्ने पहिलो बक्सर हुन् । उनले सन् १९६४, १९७४ र १९७८ मा विश्व च्याम्पियनको उपाधी जितेका थिए । सन् १९८१ मा अवकाश लिएका अलिले ६१ मध्ये ५६ वटा भिडन्त जितेका थिए । वास्तविक नाम कास्सियस मार्सेलस क्ले भएका अलिले सन् १९६४ मा पहिलो पल्ट हेभिवेट च्याम्पियन भएपछि मुस्लिम धर्म अंगालेर नाम परिवर्तन गरेका थिए । अलिको अन्त्येष्टि उनकै गृहनगर केन्टुकीको लुईसभिल्लीमा हुने परिवारले बताएको छ ।