Thaha

Friday 26 April - 10:59 pm NST

सी डिभिजन लिग फूटबलमा आज पनि दुईवटा खेल


काठमाडौं, २१ जेठ । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज पनि दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा समूह ए का नवज्योती युवा परिवार र श्री भगवती क्लब भिड्ने छन् । दुई खेल खेलिसकेको नवज्योती एक खेल बराबरी गर्दै १ अंकसहित अंकतालिकाको पुछारमा छ ।  समान खेलमा एक जित र एक बराबरी गरेको श्री भगवती ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दिउँसो साढे ३ बजे हुने अर्काे खेलमा समूह बीका  ग्रीनविच प्लानिङ व्वाइज र वीरगञ्ज युथ एकेडेमीबीच प्रतिष्पर्धा हुनेछ । ३ खेलबाट ४ अंक जोडेको ग्रिनविच चौथो स्थानमा छ भने ६ अंक बटुलेको वीरगंज तेस्रो स्थानमा छ ।