Thaha

Saturday 20 April - 11:04 am NST

सी डिभिजन लिग फुटबलमा आज पनि दुईवटा खेल हुँदै


काठमाडौं, २० जेठ । शहीद स्मारक सी डिभिजन लिग फुटबल अन्तर्गत आज पहिलो खेलमा झम्सिखेल युथ क्लब र सानेपा क्लब भिड्दैछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १ बजे हुनेछ । झम्सीखेल यसअघि खेलेका दुई खेल मध्ये एउटामा जीत र एउटामा बराबरी गर्दै समूह ए को शीर्ष स्थानमा छ । समान दुई खेल मध्ये एक मा जीत र एक हार सहित सानेपा पाँचौं स्थानमा छ । प्रतियोगितामा आजै दिउँसो साढे ३ बजे हुने खेलमा मनोहरा यूनाईटेड र खालीबारी युथ क्लब भिड्नेछन् । यसअघि खेलेका ३ वटै खेल जितेको मनोहरा ९ अंकसहित समूह बीको शीर्ष स्थानमा छ । समान ३ खेल खेलेको खालीबारी एक खेलमा बराबरी र २ मा हार ब्यहोर्दै १ अंक सहित छैठौं स्थानमा छ ।